४ चैत्र २०८२, बुधबार
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान काठमाण्डौ आइपुगेका हुन् ।
पत्रकार सम्मेलनमा उनले आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको जानकारी दिए ।


रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका थियो ।
रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीका थिए ।
यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको पनि ज्ञवालीले जानकारी दिए ।
अचानक भ्रमण छोट्याएर फर्केका ज्ञवालीले फर्कनुको कारण भने खुलाएनन् ।