९ मंसिर २०८१, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरस्थित जानकी मन्दिर पुगेर पूजाआजा गर्नुभएको छ ।
बिहान हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुर पुगेकी हुन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भारतबाट आएका साधु जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसागै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल पनि समेत जनकपुरधाम पुग्नुभएको छ ।
शुक्रबार नै बाह्रविघा मैदानमा आयोजित भव्य कार्यक्रमकाबीच भारतको आयोध्याबाट आउने जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।