लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

होमल्याण्ड खबर

२०७५ बैशाख २० गते, बिहीबार ०४:४२ मा प्रकाशित

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४–२ गोल अन्तरले हारे पनि समग्रमा ७–६ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।
पहिलो लेगमा लिभरपुल ५–२ ले विजयी भएको थियो । अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
बुधबार रातिको खेलमा लिभरपुललाई हराउन रोमाका राड्जाले दुई तथा इडेन डिजेकोले एक गोल गरे । अर्को एक गोल भने लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट रोमाले उपहार पायो ।
लिभरपुलका लागि साडिओ माने र जर्जि्नियोले एक–एक गोल गरे ।