९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्लाबीच सम्झौता भएको छ । दुई कम्पनीबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा।लि।का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घररजग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।