जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित

होमल्याण्ड खबर

२०७८ चैत्र २९ गते, मंगलवार ११:०१ मा प्रकाशित

 काठमाडौ। जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित बनेका छन्। बक्स अफिस इन्टरनेशनल ग्रुपव्दारा आयोजित बल्कबस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा सम्पादक बगाले सम्मानित बनेका हुन्। सम्पादक बगालेका साथमा अग्रज पत्रकार रामहरि सिल्वाललाई अग्रज पत्रकारिता सम्मान तथा नामी साप्ताहिकका सम्पादक श्याम स्मृत क्रियाशील पत्रकारिता सम्मानवाट गरिएको थियो ।

पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरले तीनैजना सम्मानित पत्रकारहरुलाई सम्मान प्रदान गरेका थिए । सम्मानित बगाले बिगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिक पत्रकारिता मार्फत दुःख कष्ट,अपाङ्गता,शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।

विगत १६ बर्षदेखि क्रियाशील पत्रकार आर के सुवेदीको अग्रता तथा संयोजनमा आयोजना हुंदैआएको ब्लकबस्टर नेपाली फिल्म अवार्डमा तीन पत्रकारहरुको विशेष सम्मानको अलावा खेलजगतका खेलाडी तथा फिल्म क्षेत्रका कलाकारहरुलाई विशेष सम्मान, कदरपत्र तथा अवार्ड प्रदान गरिएको थियो। जसमा, बल्कबस्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा।कृष्णहरि बराल,बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई प्रदान गरिएको छ। त्यसैगरी अखिल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ र पूर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्री फुटबल बिधाबाट सम्मानित भएका छन्।