ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एकको मृत्यु, चार घाइते

होमल्याण्ड खबर

२०७९ बैशाख ८ गते, बिहीबार ११:३८ मा प्रकाशित

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त विष्फोटमा परि चार जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको हो रअहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।