थापाथली क्याम्पसमा दुई समुहबीच झडप

होमल्याण्ड खबर

२०७९ फाल्गुन ८ गते, सोमबार १५:५१ मा प्रकाशित

काठमाडौंको थापाथली क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछ झडप भएको हो ।

झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ ।

विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।