प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ फाल्गुन ११ गते, बिहीबार १३:१५ मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ ।

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ ।