३ चैत्र २०८२, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने उनले बताए ।


राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपाले राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गरेको छैन ।