प्रदेश १ को नामाकरण कोसी राखिएकोमा प्रदेशसभा बाहिर विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०७९ फाल्गुन १७ गते, बुधबार १७:४९ मा प्रकाशित

 प्रदेश १ को नामाकरण कोसी प्रदेश राखिएकोमा प्रदेशसभा बाहिर विरोध प्रदर्शन भएको छ।

आज बसेको प्रदेस सभा बैठकबाट कोशी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको थियो । भने किरात लिम्बुवान सगरमाथा नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकृत गरेको थियो ।  कोशी प्रदेशमा एमालेको प्रस्तावमा काग्रेसले समर्थन गरेको थियो भने माओवादीले पनि कोसी प्रदेशलाई मत दिएको थियो।

त्यसैगरी एकिकृत समाजवादीले किरात लिम्बुवान सगरमाथा नामको प्रस्तावलाई जनता समावादी पार्टी जसपाले समर्थन गरेको थियो  । सात प्रदेशमध्ये प्रदेश एकले अहिले नाम राख्न सकेको थिएन । पाँच वर्ष पछि मात्रै प्रदेश एकले नाम पाएको हो।

प्रदेशको नामाकरण प्रस्ताव अघि र पछि विरोध हन सक्ने अनुमान लगाएर मोरंग जिल्ला प्रशासनले आज दिउँसो तीन वजेपछि प्रदेश सभा सचिवालय , मुख्य मन्त्रीको निवास तथा मन्त्रीपरिषदको कार्यालय तथा जिल्ला प्रशासन कार्यालय मोरंग वरिपरि सभा जुलुस भेला गर्न निषेध गरेको छ।