३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा पार्टीको मत मागेका छन् ।
बिहीबार बिहान सुविधानगरस्थित पार्टी कार्यालयमा पुगेर नेम्वाङसहितका एमाले नेताले अध्यक्ष नेपाललाई भेटेका हुन् ।


नेपाललाई भेट्न नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुव्वा गुरूङ एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् ।
नेम्वाङले राष्ट्रपतिको मत मागे पनि एकीकृत समाजवादीले कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत दिने निर्णय गरिसकेको छ ।