काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

होमल्याण्ड खबर

२०७९ फाल्गुन २५ गते, बिहीबार १०:०० मा प्रकाशित

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएका थिए ।