नयाँ राष्ट्रपति निर्वाचनको मतदान सुरु

होमल्याण्ड खबर

२०७९ फाल्गुन २५ गते, बिहीबार १०:२४ मा प्रकाशित

राष्ट्रपति निर्वाचनमा मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति छान्ने मतदान १० बजेबाट सुर भएको हो ।

निर्वाचनमा पहिलो मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले खसालेका छन् ।

संघीय संसद् र प्रदेश सभाका सांसदहररूले दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछन् । राष्ट्रपतिका लागि कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।

पौडेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चालगायत ८ दलको समर्थनमा उम्मेदवार बनेका छन् । नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

मतदानका लागि संघीय सांसद र प्रदेश सांसदहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन् । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाइएको छ ।

निर्वाचनमा राप्रपाले मतदान नगर्ने निर्णय गरेको छ । यस अगाडी मतदान गरेको राप्रपाले यसपटकका दुवै उम्मेदवारमा निष्क्षता हुने परिकल्पना गर्न नसकिने भन्दै मतदानमा भाग नलिने निर्णय गरेको जनाएको छ ।