३ चैत्र २०८२, मंगलवार
उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवकाे उमेदवारी कायम भएकाे छ । निर्वाचन अधिकृत महेश शर्मा पाैडेलले उमेदवारी विरुद्ध जाँचबुझपछि उमेदवारी कायम भएको जानकारी दिए ।
राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायकाे उमेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।


शाक्य एमाले र झा जनमतका उमेदवार हुन् । राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उमेदवारी दिएका थिए ।
उपराष्ट्रपतिमा जसपाकै प्रमिला यादवकाे पनि उमेदवारि परेकाे छ । उमेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।