६ आश्विन २०८३, मंगलवार
ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्त्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ ।
चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि चोरी भएको थियो।


चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ। यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ।
फाइल तस्विर