९ मंसिर २०८१, आईतवार
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलामा पीएनजीविरुद्ध नेपालले सान्दार जित हासिल गरेको छ ।
पीएनजी दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो ।
उक्त जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहिबार खेल्नेछ । यो खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।