३ चैत्र २०८२, मंगलवार
उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो।
दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।


पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्। अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन्।
उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन्। अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ।