३ चैत्र २०८२, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।
केहीबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा समर्थन गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको छ ।


प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिदैछन् । यसअघि पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दिएर सरकारमा सहभागी भएको रास्वपा पार्टी सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
फेरि विश्वासको मत दिने कि के गर्ने भन्नेबारे पार्टीबाट निर्णय लिन बैठक बोलाइएको हो ।
रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको थियो ।
तर, उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग नगरी जनमत पार्टीका उम्मेदवार ममता झालाई समर्थन गरेको थियो ।
प्रतिनिधि सभामा १९ सांसदसहित रास्वपा चौँथो पार्टी हो ।