एकीकृत समाजवादीको सचिवालय बैठक जारी

होमल्याण्ड खबर

२०७९ चैत्र ५ गते, आईतवार ११:५५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बैठक जारी छ ।

पार्टी कार्यालय आलोकनगरका जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागिता, मन्त्रिपरिषदमा पार्टीले लिने मन्त्रालयलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।

समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । पाण्डेले यसअघि नै आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् । उनी नै गृहमन्त्रीका लागि दौडधुपमा छन् ।