एकीकृत समाजवादी- प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा जाने

होमल्याण्ड खबर

२०७९ चैत्र ५ गते, आईतवार १४:२६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ ।

आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमाबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

त्यस्तै आजको प्रतिनिधिसभा बैठकबाट सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि एकीकृत समाजवादीले गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णयमा पुगे पनि कुन–कुन मन्त्रालय लिने र प्रदेश सरकारहरुमा कसरी सहभागी हुने भन्ने विषयमा टुंगोमा पुगेको छैन ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने– ‘सरकारमा सहभागी हुने भन्ने विषयमा दुईमत छैन । तर, कुन–कुन मन्त्रालय लिने र प्रदेश सरकारहरुमा कसरी सहभागी हुने भन्ने विषय छलफलकै क्रममा रहेको छ ।’

संघीय सरकारमा सहभागी हुने सवालमा एकीकृत समाजवादीले कम्तिमा ४ त्यसमा पनि रोजेको मन्त्रालय पाउनुपर्ने भन्दै आएको छ ।