शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा छ: प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७९ चैत्र ५ गते, आईतवार १६:३७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार ९भोलि० दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

पहिले ९९।२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९।२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।