प्रचण्डको भने – संसद् विघटन गर्नु कुनै गर्वको विषय होइन

होमल्याण्ड खबर

२०७९ चैत्र ६ गते, सोमबार १४:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गर्नु कुनै गर्वको विषय नभएको बताएका छन्।

एमाले अध्यक्ष ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटन गर्न पाउने अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले यस्तो जवाफ दिएका हुन्।

सोमबार संसदमा विश्वासको मत माग्दै उनले भने, ‘गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद थिए।

तर, हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौँ। विगतको मतभेदलाई नउठाउने समझदारी गरेका थियौँ। म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन।

संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरङ्गीत पनि बन्यो।

त्यो विषयको उठाउन सान्दर्भिक थिएन। देशमा ठुलो संवैधानिक र राजनीतिक संकट त्यो कदम कुनै गर्वको विषय थिएन।’

संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ।

एमाले नेतृत्वको गठबन्धनबाट संविधान, लोकतन्त्रको निरन्तरता र संसद्को स्थायित्व गर्ने प्रश्नमा प्रश्न चिह्न खडा गरेपछि आफूहरूले अलग बाटो राजेको बताए।