सरकारमा जाने गृहकार्य गर्न समाजवादीले बनायो कार्यदल

होमल्याण्ड खबर

२०७९ चैत्र ७ गते, मंगलवार १४:१५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्ययि कार्यदल बनाएको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले बनाएको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

उपमहासचिव जगन्नाथ खतिवडाले बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने न्क्र्यिौल गर्ने खतिवडाले बताए ।