सत्ता गठबन्धनको बैठक सुरु

होमल्याण्ड खबर

२०७९ चैत्र ९ गते, बिहीबार १५:१६ मा प्रकाशित

सत्ता गठबन्धनमा रहेका मुख्य चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा चारै दखलका दोस्रो तहका नेताहरु सहभागी छन् ।

बैठकमा माओवादी उपमहासचिव शक्ति बस्नेत, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।

नेताहरुको बैठकमा सरकारको आगामी न्यूनतम साझा कार्यक्रमबारे छलफल गरिरहेका छन् । मन्त्रालय भागबन्डा र सरकारको साझा न्यूनतम कार्यक्रमका विषयर्मा एकैपटक छलफल गर्ने गरी यो बैठक बसिरहेको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस १०मा एमाले, राप्रपा र रास्वपासहितको सरकारको नेतृत्व गर्दा अलग साझा कार्यक्रम बनेको थियो । अव सरकारमा कांग्रेस, एकीक्ृत समाजवादी, जनता समाजवादी लगायतका दलको सहभागिता हुने भएकोले नयाा साझा कार्यक्रम बनाउन गठबन्धनका मुख्य दलका दोस्रो तहका नेताहरु छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको गठबन्धनमा अहिले १० दल सहभागी छन् । त्यसमध्ये पनि चार दलको नेताहरु अहिले छलफलमा बसेका हुन् ।