कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

होमल्याण्ड खबर

२०७९ चैत्र १३ गते, सोमबार १४:०७ मा प्रकाशित

कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ।