३ चैत्र २०८२, मंगलवार
सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।
बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरुको छ । बैठकमा दलहरुबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले चैत १० गतेसम्ममा मन्त्रीपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

