३ चैत्र २०८२, मंगलवार
सीके राउत नेतृत्वको जनमत पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने भएको छ ।
आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र) छाडेर पार्टी प्रवेश गरेका कुशवाहालाई जनमतले उमेदवार बनाउन लागेको हो ।


कुशवाहा यसअघि कांग्रेससहितको गठबन्धनबाट बारा–२ बाटै उमेदवार बनेका थिए । उनी जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष राउतले जनताले कुशवाहालाई निर्वाचित गर्ने बताए । बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।