लोसपाबाट श्रममन्त्री बन्दै शरतसिंह भण्डारी

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार १२:०८ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेको लोसपाका एक नेताले बताए ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने टुंगो लागेको ती नेताले जानकारी दिए ।

भण्डारी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी पञ्चायतकालदेखि पटक–पटक मन्त्री बनिसकेका छन् ।