प्रतिनिधि सभा सदस्य अन्सारीले गरिन् शपथग्रहण

होमल्याण्ड खबर

२०७९ चैत्र १९ गते, आईतवार १२:२० मा प्रकाशित

प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रमसंख्या २ मा अन्सारीको नाम थियो । उनी सप्तरी निवासी हुन् ।