३ चैत्र २०८२, मंगलवार
१० वैशाखमा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियान सुरू गरेको छ। आज सो पार्टीका सभापति रवि लामिछाने र हालै पार्टी प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले चितवनबाट चुनावी अभियान सुरु गरेका हुन्।
एक कार्यक्रमलाई संवाेधन गर्दै रविले फोहोर राजनीतिलाई सफा गर्नका लागि स्वर्णिम जस्ता व्यक्तिहरू साहस गरेर आएको बताए।


उनले भने, ‘‘देशमा कुशासनको विकृति, हरेक नियुक्तिहरू बिक्री गर्ने परिपाटी र सार्वजनिक संस्थाहरू कब्जा गर्ने काम अब बन्द हुनुपर्छ। अब हामी भ्रष्टाचारको फाइलहरू खोल्नेछन् । त्यसैले सबै त्राहिमाम् भएर बसेका छन्।’’