रास्वपा गगन थापाकै पार्टी हो, ढिलोचाँडो उहाँ पनि रास्वपामा जानुहुन्छ : दुर्गा प्रसाईँ

होमल्याण्ड खबर

२०७९ चैत्र १९ गते, आईतवार १७:१९ मा प्रकाशित

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कांग्रेस महामन्त्री गगनकुमार थापाकै पार्टी रहको दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रसाईँले ढिलोचाँडो कांग्रेस महामन्त्रीद्वय पनि रास्वपामा जाने दाबी गर्नुभएको होे । ​​​​​​​

उहाँले गगन थापा र विश्वप्रकाश शर्माले स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा पठाएको बताउनुभयो ।‘अब गगनजी र विश्वप्रकाशजी जानुहुन्छ । यो पार्टी भनेकै गगनजीको पार्टी हो । स्वर्णिमजीलाई त पठाएको हो,’– उहाँले भन्नुभयो ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ मा गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्मालाई खटाएको छ।