३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेले बारा –२ मा हुने उपनिर्वाचनमा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।
गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।


जसपाबाट निर्वाचन जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा एमालेले पौडेललाई उम्मेदवार बनाएको हो ।
बारा २ सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।