न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन गठबन्धनको बैठक जारी

होमल्याण्ड खबर

२०७९ चैत्र २३ गते, बिहीबार १०:२१ मा प्रकाशित

सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन अहिले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्नेछ ।

साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।

कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रेस संयोजक शर्माले जानकारी दिए ।