३ चैत्र २०८२, मंगलवार
सरकारले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको छ । सत्ता गठबन्धनको साझा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी वृद्धि गर्ने बताएकी हुन् ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने, सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने’, उनले भनिन् ।


देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जिउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।