विश्वविद्यालयको दिक्षान्त समारोहमा गएका प्रधामन्त्री पुगे लेखराजको घरमा

होमल्याण्ड खबर

२०७९ चैत्र २६ गते, आईतवार १२:३० मा प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।

दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्। माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रधानमन्त्रीले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयले जववानकारी दिएको छ ।

झण्डै एक वर्षअघि प्रधानमन्त्री र लेखराजबीच भेट हुँदा औपचारिक नमस्कार वा अभिवादन समेत नगरी उनीहरु चुपचाप बसेका थिए । नेकपा माओवादीमा हुँदा प्रधानमन्त्री दाहाल र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । तत्कालीन जनयुद्धमा भट्ट दाहालसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे ।

भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ। आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको र चिया खाएर प्रधानमन्त्री दाहाल गएको भट्टले बताए।