टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति

होमल्याण्ड खबर

२०७९ चैत्र २८ गते, मंगलवार १२:०४ मा प्रकाशित

प्रमुख तीन दलका शीर्ष नेता, प्रधानमन्नत्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच सत्य निरुपण तथा मिलमिलापसम्मबन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार विधेयकमा रहेका विषय र प्रक्रियामा पुनः छलफल गर्ने नेताहरूबीच सहमति छ ।

संघीय संसद्का संयुक्त समिति र प्रतिनिधि सभाका समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएका छन् ।

शीर्ष नेताहरूको अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।