चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड, देउवा र नेपाल चितवन जाँदै

होमल्याण्ड खबर

२०८० बैशाख ७ गते, बिहीबार १०:२५ मा प्रकाशित

चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ । आज दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय हुने लागेको हो ।

वैशाख १० को उपनिर्वाचन लक्षित आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित अन्य तीन पूर्व प्रधानमन्त्री जाँदैछन् ।

चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन् । चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन् ।

चितवन २ मा रवि लामिछानेसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी चर्चा रास्वपा, नेकपा एमाले, र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ ।

त्यहा रास्वपाका लामिछानेसहित नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठकाे उम्मेदवारी छ ।