चितवन–२ अपडेट: ४८ प्रतिशत मत खस्यो

होमल्याण्ड खबर

२०८० बैशाख १० गते, आईतवार १५:०७ मा प्रकाशित

चितवन क्षेत्र नम्बर २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार ५८ हजार मत खसिसकेको छ ।

“५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको छ,” उनले  भने । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाताले भोट हाल्न पाउँछन् ।