अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक बुधबार बस्ने

होमल्याण्ड खबर

२०८० बैशाख १० गते, आईतवार १५:५२ मा प्रकाशित

वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते बुधबारका दिन बोलाइएको छ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो एक बजेर एक मिनेटमा बैठक बोलाएको जानकारी दिए।

यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक पाँच वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए।