रास्वपाका स्वर्णिम वाग्ले काँग्रेसका गोविन्द भट्टराई भन्दा ४१ सय ५९ मतले अघि
होमल्याण्ड खबर
२०८० बैशाख ११ गते, सोमबार ०९:१७ मा प्रकाशित
तनहुँ क्षेत्र नम्बर -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । वाग्लेले ७ हजार ३९३ मतसहित अघि रहेका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई ३ हजार २३४ मतसहित पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेमा उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।