चितवन-२ मा दिउँसोे १ बजेबाट मतगणना सुरू हुने

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार ११:४६ मा प्रकाशित

चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।

उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन। यहाँ नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

त्यस्तै बारा क्षेत्र नम्बर २ मा पनि मतगणना हुन सकेको छैन। यता तनहुँ क्षेत्र नम्बर १ मा भने मतगणना भइरहेको छ।