तनहुँ–१ अपडेटः स्वर्णिम वाग्लेले कटाए १५ हजार मत

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार १४:५३ मा प्रकाशित

तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

२१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।

तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।