जटिल रोगका २८ विरामीलाई गेरूवा गाउँपालिकाको सहयोग

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौं । गेरूवा गाउँपालिकाले जटिल रोगका २८ विरामीहरूलाई उपचार खर्च उपलव्ध गराएको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार २८ जना विरामीहरूको उपचारमा गाउँपालिकाले ९ लाख १५ हजार खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाका अनुसार आर्थिक वर्ष २०७९/८० मा उक्त रकम उपचार खर्च भएको हो ।

रानाका अनुसार आर्थिक वर्षको प्रथम त्रैमासिकमा १५ जनालाई २ लाख २५ हजार, दोस्रो त्रैमासिकमा थप ७ जनालाई ३ लाख ५ हजार र तेस्रो त्रैमासिकमा पनि थप ६ गरेर २८ जनालाई ३ लाख ८५ हजार गरि हालसम्म जम्मा रू ९ लाख १५ हजार भुक्तानी भैसकेको छ ।

गाउँपालिकाले मृगौला प्रत्यारोपण, डायलाइसिस गरिरहेका क्यान्सर रोगी, मेरूदण्ड पक्षघातका विरामीलाई औषधी खर्च लगायत विषयमा रकम भुक्तानी गरेको हो ।