काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार २१:५० मा प्रकाशित

काठमाडौंबाट दुबई उडेको फ्लाई दुबईकाे  जहाजकाे इन्जिनमा समस्या आएकाे छ ।  काठमाडाै‌ंबाट उड्नासाथ ठूलाे आवाजसहित पड्केकाे आवाज आएकाे छ ।

१६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे  जहाजमा  इन्जिनमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जनकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए ।  विमानस्थलमा एम्बुलेन्स  र दमकलसहित तयारी अवस्थामा राखिएकाे छ ।