३ चैत्र २०८२, मंगलवार
चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत पाएका हुन् ।
त्यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत पाएका छन् ।


चितवन २ मा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये ७० हजार २ सय ३९ गनिसकिएको छ। अब जम्मा गन्न बाँकी मत ८ हजार ३८ छ भने रवि लामिछाने ४० हजार ८ सय ६४ मतको मतान्तर सहित अगाडि छन्।