खारेज भए ३३ निर्माण व्यवसायीको इजाजत पत्र

होमल्याण्ड खबर

२०८० बैशाख १४ गते, बिहीबार १०:४५ मा प्रकाशित

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।

निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि मन्त्रालयले २०७९ चैत मसान्त मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

इजाजतपत्र खारेज भएका निर्माण व्यवसायीहरुको विवरण –