बालाजुको पेट्रोल पम्पमा महानगरले सिल गर्‍यो

होमल्याण्ड खबर

२०८० बैशाख १४ गते, बिहीबार १३:२६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत राखिएको पेट्रोल पम्प सिल गरेको छ । विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको हो ।

असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो ।

निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो ।