२ चैत्र २०८२, सोमबार
उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् ।
चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

