सांसद वाग्लेको प्रतिनिधि सभामा पहिलो सम्बोधनमा यस्तो भने

होमल्याण्ड खबर

२०८० बैशाख १५ गते, शुक्रबार १५:२८ मा प्रकाशित

बैशाख १० गते भएको उपनिर्वाचनमा तनहु १ बाट निर्वाचित सांसद डा। स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेका छन् ।

डा। वाग्लेले आज गरेको सम्बोधन नै संसदमा उनको पहिलो सम्बोधन हो । उनले आफ्नो सम्बोधनमा आफूलाई भारी मत र मतान्तरसहित निर्वाचित गर्ने तनहु १ का मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् । यस्तै, उनले सहिदप्रति श्रद्धान्जलि पनि व्यक्त गरेका छन् ।

त्यसपछि उनले तनहु जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तारका क्रममा देखिएका समस्याप्रति आफ्नो धारणा राखेका छन् ।

‘तनहु जिल्ला हुँदै पोखरा जाने पृथ्वी राजमार्गको विस्तार भइरहेको छ । यो आवश्यक छ । तर, यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ । जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र ‘राइट अफ वे’ स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका संरचनाहरुको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ सांसद डा। वाग्लेले भने ।