अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न एमालेको माग

होमल्याण्ड खबर

२०८० बैशाख १५ गते, शुक्रबार १५:५९ मा प्रकाशित

नेकपा (एमाले)ले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताए ।

“माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ,” उनले भने ।

उनले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताए । तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको बताए । राज्य कोषबाट दोहन भएको भन्दै स्वीकार नहुने बताए ।